You are viewing the translated version of प्रत्यायोजित विधायन जारी गर्न नहुने.

Section 13
प्रत्यायोजित विधायन जारी गर्न नहुने
(१) ऐनबाट अधिकार प्रत्यायोजन गरेकोमा बाहेक प्रत्यायोजित विधायन जारी गर्नु हुँदैन।

(२) ऐन अन्तर्गत जारी हुने प्रत्यायोजित विधायन त्यस्तो ऐनको उद्देश्य र ऐनले दिएको अधिकारभन्दा बाहिर गएर जारी गर्नु हुँदैन।

(३) नेपालको संविधानले व्यवस्था गरे बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा प्रतिकूल असर पर्ने गरी प्रत्यायोजित विधायन जारी गर्नु हुँदैन।